पहिरो अपडेटः पहिरोमा परी मर्नेको संख्या ३ पुग्यो, ३ को अवस्था गम्भिर

काठमाडौं । बागलुङमा गएराती गएको पहिरोमा परी मर्नेको संख्या ३ पुगेको छ । जिल्लाको तमानखोला गाउँपालिका – ४ लाम्मेलामा गएराती पहिरो जाँदा स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारी, स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी र १२ वर्षीय छोरा प्रवीणको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएका छ ।

पहिरोमा हराएका असारी र प्रवीणको शव भने दिउँसो मात्रै फेला परेको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीले जानकारी दिए । पञ्चकुमारीको शव भने बिहानै पहिरोबाट निकालिएको थियो ।

पहिरोमा परी घाइते ६ जनामध्ये ओमबहादुर श्रीपाली लगायत ३ जनाको अवस्था गीम्भर छ । बर्ष र पहिरोका कारण बाटो खराब भएकाले घाइतेहरुलाई उपचारका लागि अन्यत्र लैजान समस्या भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीको भनाई छ ।
पहिरोबाट पाँच वटा घरमा क्षती पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार