मोदीको कश्मीर कदमः कश्मीरकी पुर्ब मुख्यमन्त्री मुफ्ती पक्राउ

काठमाडौं । कश्मीरकी पुर्ब मुख्यमन्त्री एवम् पीडीपी अध्यक्ष महबुबा मुफ्ती लगायतका नेतालाई पक्राउ गरिएको छ ।
सोमबार मोदी सरकारका संविधानको धारा ३७० लाई खारेज गर्दै जम्‍मू– कश्‍मीर पुर्नगठन विधेयकलाई राज्‍यसभामा पास गरेपछि अध्यक्ष मुफ्ती र उमर अब्‍दुल्‍लालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतिय संचारमाध्यमहरुका अनुसार उनिहरुलाई कश्मीरको एक गेस्‍ट हाउसमा राखिएको छ । आइतबर मुफ्ती र अब्‍दुल्‍ला दुबैजनालाई केन्द्र सरकारको आदेशमा घरभित्रै नजरबंदमा राखिएको थियो ।

प्रहरीका अनुसार उनिहरुसंगै केहि स्थानिय नेताहरुलाई पनि प्रहरीले निन्त्रणमा लिएको छ ।

जम्मू कश्मीरका इलाकाहरुमा फोन र इन्टरनेट सेवा बन्द गरेर कश्मीरको राजधानी श्रीनगरमा संविधानको धारा १४४ लागु गरिएको छ ।

सुरक्षा ब्यवस्था अत्यन्तै कडा, कफ्र्यु जारि


जम्मू र कश्मिरमा केन्द्र सरकारले चालेको एतिहासिक कदमलाई लिएर हुन सक्ने हिंसालाई मध्यनजर गर्दै त्यहा कफ्र्यु जारि नै राखिएको छ । टोल टोलमा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

आकस्मिक सेवावाहेक अन्य कुरा बन्द गरिएको छ । केन्द्र सरकारले जम्मू कश्मिरमा हजारौंको संख्यामा अर्धसैनिकहरु बिहानै पठाइसकेको छ । पाकिस्तानसंगको सिमा नाकामा सैनिक फोर्सलाई चौबिसै घण्टा हाइअर्लटमा राखिएको छ ।

कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि नताव रहदै आएको छ । कश्मीर क्षेत्रलाई दुबै देशले आफ्नो भुमी भन्दै दावी गर्दै आएका छन् । यसै बिषयलाई पटक पटक दुबै देशका सैनिकबीच गोली हानाहान पनि हुँदै आएको छ ।

कश्मीर भारत प्रशासित क्षेत्र रहेपनि त्यहाँका नागरिकले दोहोरो नागरिकता लिने गरेका थिए । संविधान पनि अलग्गै लागु थियो भने राष्ट्रिय झण्डा पनि भारतको प्रयोग हुदेनथ्यो । तर, सोमबार देखि कश्मीरबारे संविधानमा भएको धारा ३७० लाई मोदी सरकारले खारेज गरिर्दिपछि अब नयां कश्मीर भएको छ ।

परिक्षा स्थगितदेखी शिक्षण संस्था पनि बन्द
धारा ३७० खारेजीसंगै कश्मीरमा शान्ती सुरक्षा कायम राख्न भन्दै केन्द्र सरकारको आदेशमा त्यहाँका शिक्षण सस्थाहरु बन्द गरिएको छ ।
कश्मीर विश्वविद्यालयले पांच अगस्तबाट अगस्त १० तारिखसम्म हुने सबै परिक्षाहरु पनि अर्को आदेश नुहँदासम्म स्थगित गरिएको छ ।

कफ्र्यु जारि नै रहेकाले अर्को आदेश नहुँदासम्म सबै जिल्लाका शिक्षण संस्थाहरु बन्द गरिएके छ । कश्मीरका केहि अफसरहरुलाई सम्पर्कका लागि सेटेलाइट फोन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार