
काठमाडौं । भारतिय पूर्व विदेशमन्त्री सुषमा स्वराजको आज दिउँसो ४ बजे राजकिय सम्मानका साथ अन्तिम दाह संस्कार गरिने भएको छ । स्वराजको लोधी रोड शवदाह गृहमा अंन्त्यष्टी गरिने भारतिय संचारमाध्यमहरुले जनाएका छन् । स्वराजलाई श्रद्धाञ्जलीका लागि दिउँसो १२ बजेदेखि ३ बजेसम्म पार्टी मुख्यालयमा राखिनेछ ।
बुधबार बिहानैदेखि उनको घरमा राखिएको पार्थव शरिरमा श्रद्धाञ्जली दिनेको घुँइचो छ । बिहानैदेखि प्रधानमन्त्रीदेखि, मन्त्रीहरु र दलका निर्ष नेताहरुले स्व. स्वराजको पार्थिव शरीरमा श्रद्धाञ्जली दिइरहेका छन् ।
विभिन्न राज्यका मुख्यमन्त्रीदेखि योग गुरु रामदेव पनि उनलाई श्रद्धाञ्जली दिन उनको घरमा पुगेका छन् ।
दिल्ली सरकारद्धारा दुई दिन शोकको घाषणा
सुषमा स्वराजको असामहिक निधनमा दिल्ली सरकारले दुई दिनको शोक मनाउने घोषणा गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले स्व. स्वराजको घरमा पुगेर श्रद्धाञ्जली दिएका छन् ।
प्रभावी राजनीतिकर्मी स्वराज
स्वराजको गएराती दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको थियो । घरमै उनलाई पर कार्डिएक अरेस्ट (हार्टअट्याक) भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
स्वराज दिल्लीकी पहिलो मुख्यमन्त्री हुन भने भारतमा पहिलो पूर्णकालिक महिला विदेशमन्त्री पनि हुन।
स्वराजले पहिलो चुनाव १९७७ मा लडेकी थिइन त्यतिबेला उनि २५ वर्षकी थिइन ।
स्वराजले तीनपटक भारतको विधानसभा जितेकी थिइन भने ६ पटक लोकसभा र १ पटक राज्य सभाकी भएकी थिइन् ।
उनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मीरुपमा चिनिने गरिन्छ ।
२००९ देखि २०१४ सम्म मनमोहन सरकारकी प्रमुख प्रतिपक्ष नेताका रुपमा रहेकी स्वराज २०१४ देखि २०१९ सम्म मोदी सरकारकी विदेश मन्त्री थिइन ।












