ललितानिवासको जग्गा प्रकरण ओझेलमा पर्न दिदैनौं : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बालुवाटारको ललितानिवास जग्गा प्रकरणको अनुसन्धान भइरहेको बताएकी छन् । उनले यो विषय प्राथमिकतामा राखेर छानबिन र अनुसन्धान भइरहेको बताएकी हुन् ।

बुधबार रिपोर्टस् क्लवमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यो प्रकरण ओझेलमा नपर्ने दाबी गरिन् । जग्गा प्रकरणलाई लिएर अख्तियार, भूमि व्यवस्था मन्त्रालय र सीआईबी तीनवटै निकायबाट अनुसन्धानको काम भइरहेको समेत जानकारी दिएकी छन् ।

साथै उनले तीनवटै निकायले तिब्रगतिमा काम गरिरहेकाले धेरै समय नलाग्ने पनि बताइन् । बाहिर जे जस्तो हल्ला आए पनि प्रकरणका दोषीहरुलाई कुनै पनि हालतमा नछोड्ने उनको जिकिर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार