
काठमाडौं । संघियताको अधिकारप्राप्तीसंगै आफ्नै नियम कानुनमा बर्षैदेखि चलिरहेको जम्मु कश्मीरमा मोदी सरकारले एक्कासी धावा बोल्यो । कश्मीरको स्वतन्त्रता खोज्दै त्यसलाई दुई भागमा टुक्रा गरिदियो । कश्मीरबारे संवधानमा भएके ब्यवस्था खारेज गरियो ।
कश्मीरका पुर्ब मुख्यमन्त्री लगायत अन्य नेताहरुलाई नजरबन्दमा राख्दे कफ्यु लगाएर संसदमा मोदी सरकारले उक्त एतिहासिक कदम चाल्यो । जसबारे अहिले एसिया महाद्धिपसंगै विश्वको राजनितीको ध्यान कश्मीरतीर तानिएको छ ।
जम्मुमा मोदी एक्सन
मोदी सरकारले कश्मीरका दुई ठुला नेतालाई नजरबन्द गरेसंगै जम्मुका नेतामाथी एक्सन सुरु गरेका छन् ।
स्थानीय पुलिसले पूर्व मन्त्री एवम् डोगरा स्वाभिमान संगठन पार्टी का अध्यक्ष चौधरी लाल सिंहलाई नजरबन्द गरेको छ ।
उनी जम्मुका प्रभावशाली नेता मानिन्छन् । प्रहरीले उनलाई उनको सरकारी निवास जम्मुको गांधीनगरबाट बाहिर निस्कन बन्देज लगाएको छ ।
जम्मु कश्मीरमा मोदीको केन्द्र सरकारले पुरा नियन्त्रण राख्न संविधानका् ३७० धारा खारेज गर्नु भन्दा पहिले पुर्ब मुख्पमन्त्री महबूबा मुफ्ती र कश्मीरका नेता उमर अब्दुल्लालाई नजरबन्दमा राखिएको थियो ।











