कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बम बिस्फोट गरिएको छ । बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका मुख्यमन्त्री शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको थियो। कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री शाही स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका पुगेका थिए।
बम बिस्फोट कार्यक्रमस्थलबाट करिब एक किलोमिटर टाढा जंगलमा भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए।










