साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको छ ।
दीक्षित परिवारका अनुसार आज बिहान चार बजेतिर कालिकास्थानस्थित घरमै उनको निधन भएको हो ।

केहि दिन अघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका साहित्यकार दीक्षितको स्वास्थ्य सुधार भएपछि उनलाई घर लगिएको थियो ।

निधन भएका दीक्षितको आजै अन्त्येष्टि गरिने छ । वि.सं १९७९ फागुन ६ गते जन्मेका साहित्यकार दीक्षितका दर्जनौं कृतीहरु छने ।

उनले लामो समय पत्रकारिता समेत गरेका दीक्षितका उपन्यास, कथालेखन बढि चर्चित मानिन्छन् । उनले आफ्नो कृती माधवी ग्रन्थका बाट २०३९ सालमा मदन पुरस्कार समेत पाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार