कश्मीर । भारत र पाकिस्तानको विवादित क्षेत्र कश्मीरमा दोहोरो गोली हानाहान भएको छ । गोली हानाहानमा ८ सैनिकको मृत्यु भएको छ ।
मृत्यु हुने सैनिकमा ५ भारतीय र ३ पाकिस्तानी रहेका छन् । गोली हानाहानमा ८ सैनिकको मृत्यु भएको खबर पाकिस्तानी सेनाका प्रमुख मेजर जनरल आसिफ गफूरले ट्वीटरमार्फत पुष्टि गरेका छन् ।
पाकिस्तानी सेनाले गोली हानाहानमा ८ जनाको मृत्यु भएको बताए पनि भारतीय सेनाले भने आफ्ना ५ सैनिक मारिएको कुरा अस्वीकार गरेको छ । भारतीय सेनाले गोली चलेपनि मृत्यु पुष्टि नभएको बताएको छ ।
भारतबाट कश्मीर टुक्रिनुपर्ने माग गर्दै आएका विद्रोही नेता बुरहान वानीको मृत्यु भएको एक वर्ष पुगेको सम्झनामा निकालिएको र्यालीबाट कश्मीरमा तनाव बढेको हो ।








