काठमाडौं । लामो समय देखि निमोनियाबाट पीडित वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको मृत्यु भएको छ । उनको ७२ वर्षको उमेरमा शनिबार डल्लुस्थित आफ्नै घरमा निधन भएको हो ।
लामो देखि बिरामी उनलाई केहि दिनअघि मात्रै अस्पतालबाट डिस्चार्ज गरेर घरमा ल्याइएको थियो । नेपाली कलाकारिता क्षेत्रमा चार दशकदेखि सक्रिय अधिकारीले सयौं चलचित्रमा अभिनय गरेकी छन् ।
उनको पहिलो चलचित्र मनको बाँध हो । त्यसपछि उनले अभिनय गरेका चलचित्रमा चिनो, भाउजु, कन्यादान, लगायते चर्चित पनि छन् । चलचित्रका साथै उनले नाटक गीतिनाटक, टेलिफिल्म र भिडियो फिल्ममा पनि काम गरेकी थिइन् ।









