काठमाडौँ । होटेलको चौथो तलाबाट हाम फालेर काठमाडौंमा एक महिलाले आत्महत्या गरेकी छन् । शनिबार बिहान सुन्धाराको नागराज होटलको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेकी हुन् ।
आत्महत्या गर्नेमा तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङ रहेकी छन् । उनी केही दिनदेखि होटलमा सासु ससुरासँग बस्दै आएकी थिइन् । उनका श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।
उनले आत्महत्या गरेको कारण भने खुल्न सकेको छैन् ।









