काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म बढाउन सिफारिस गरेको छ । दूधको मूल्य बढाउनेबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यादलले अध्ययन प्रतिवेदन पेश गर्दै सो सिफारिस गरेको हो ।
कार्यदलका संयोजक एवं दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्दले सोमबार पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाललाई भेटर आफुले अध्ययन गरेको प्रतिबेदन बुझाएका छन् । उनले प्रतिबेदनमा दूधको मूल्य बाउनु पर्ने कारण पनि खुलाएका छन् ।
प्रतिबेदनमा बढ्ने मूल्यको ६९ प्रतिशत दुग्ध उत्पादक किसानले तथा ३१ प्रतिशत व्यवसायीले पाउने हुने गरी मूल्य सिफारिस गरिएको छ ।
कार्यदललले प्रशोधित दूधको मूल्य मौसमका आधारमा दुईथरि कायम गर्न सकिने प्रस्ताव प्रतिवेदनमा गरिएको छ ।
कम दूध उत्पादन हुने मौसममा हाल कायम प्रतिलिटर मूल्यमा १४।२९ प्रतिशत आर्थात १० रुपैयाँ बढाउन सकिने र अत्यधिक उत्पादन हुने मौसममा ८।२८ प्रतिलिटर अर्थात ५ रुपैयाँ ७९ पैसा थप्न कार्यदलले मन्त्रालयलाई सिफारिस गरेको छ ।
कार्यदलको सिफारिस हुबहु कार्यन्वयन भएको खण्डमा अब अत्यधिक उत्पादन हुने मौसम असोजदेखि फागुनसम्म दूधको प्रतिलिटर मूल्य ७६ रुपैयाँ कायम हनेछ भने चैतदेखि भदौसम्मको समय प्रतिलिटर ९० रुपैयाँ पुग्नेछ ।








