
चितवन । पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पुष्टी भएको छ । पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्टमा उनको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएपछि उनको हत्या नभई आत्महत्या भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मंगलबार आरोपित रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अनुसन्ंँधान सहित उक्त रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गरिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए।
भिडियोमा पुडासैनीको आवाज भएको पुष्टि
पत्रकार पुडासैनीले आत्महत्या गर्नु अघि रेकर्ड गरेको भिडियोबारे पनि विभिन्न आशंकाहरु बाहिर आएका छन् । उनको भिडियोमा कसको आवाज हो भनि सत्य तथ्य छुट्याउनका लागि ल्याबमा पठाइएको रिर्पोटमा पनि पुडासैनीकै आवाज भएको पुष्टि भएको प्रहरीले बताएको छ । भिडियाृमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको हो ।
चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका पुडासैनीको साथमा भेटिएको मोबाइलमा उनले आफुलाई मर्न बाध्य पार्ने रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की हुन भन्दै रेर्कड गरेको भिडियो प्रहरीले प्राप्त गरेको थियो ।
विधमान काुनन अनुसार अनुसन्धानका लागि सोहि भिडियो प्रमाण हुने भएकाले गत बिहीबार रवि लागायत तिनै जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनिहरुलाई ५ दिन थुनामा राखी आज पुनह चितवन प्रहरीले अदालतमा म्याद थपका उपस्थित गराएको छ ।
पत्रकार पुडासैनीकी श्रीमतीले रवि लगायत ३ जनाको नाममा यसरि दिएकी थिएन किटानी जाहेरी







