काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएर हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेले आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका छन् ।
सुरुका ५ दिन हिरासतमा बस्दा सुरक्षित महसुश गरेपनि बुधबारदेखि आफु प्रहरीबाटै असुरक्षित भएको उनले फेसबुक स्टाटसमार्फत बताएका हुन ।
उनले आफ्नी श्रीमती निकिता पौडेलको फेसबुक अकाएन्टमार्फत स्टाटस् लेख्दै प्रहरीमाथि ने गम्भिर आरोप लगाएका छन्।
स्टाटसमा उनले आफु ५ दिनसम्म हिरासतमा बस्दा पत्रकार पुडासैनीको आत्महत्या प्रकरणको अनुसन्धानमा सहयोग गरेको समेत बताएका छन् ।
रविले पुडासैनी आत्महत्याको भिडियोबारे पनि प्रश्न गरेका छन् । उनले अनुसंन्धान भइरहेको भिडियो कसरि बाहिर आयो प्रकरणसँग जोडेर प्रश्न समेत गरेका छन् ।
“बयानका लागि मेरा भनाई समावेश गरिरहदा म हिरासतबाटै केही प्रश्नहरु पनि गर्न चाहन्छु । जव, कि प्रहरीको बर्दी लगाएका बेला एसपी दानबहादुर मल्ल जीले शालिकजीको भिडियो म्यासेज प्रहरीसँग मात्र सुरक्षित रहेको दाबी गरिरहेका बेला उक्त भिडियो को, बाट कसरी लिक गरियो भन्ने बिषयमा अनुसन्धान अगाडी बढाउँनु पर्ने थियो कि थिएन ? र अर्को कुरा यदि त्यो भिडियो परिवारबाट बाहिरिएको हो भने परिवारलाई पनि उक्त भिडियो सार्वजनिक भएको बिषयमा सोधपुछ गर्नु पर्छ कि पर्दैन ? ” उनले हिरासतबाटै फेसबुकमा प्रश्न गरेका छन् ।
रविले आफ्नो मोवाइलबारे भइरहेको अनुसंन्धानमा पनि शंका गरेका छन् । उनले स्टाटसमा भनेका छन्, “प्रहरीले मेरो फोनको कल डिटेल निकाल्न समय लगाएको बिषयमा पनि म प्रश्न गर्न चाहन्छु । प्रहरीले दुई दिन भित्रै कल डिटेल सजिलै निकाल्न सक्छ तर मलाई फसाउँने नियत सहित समय लम्बाएको बिषयमा मैले आफूलाई यहाँ भित्र असुरक्षित रहेको महसुश गरेको हुँ ।”
शालिकरामको घटनामा प्रहरीले आफुलाई ५ बर्ष नै थुन्ने नियत देखाएको समेत उनको आरोप छ । रविले आफु हिरासत मुक्त भएको ५ मिनेटमै आफु शालिकरामको आत्महत्या प्रकरणमा निर्दोष रहेको प्रमाणित गरिदिने दावी समेत गरेका छन् ।
स्मरणरहोस रविले यि सबै कुराहरु उनकी श्रीमती निकिताले चितवन प्रहरी प्रमुख लगायत ३ जना बिरुद्ध जाहेरी दिएको दिन नै सार्वजनिक गरेका छन् । निकिताले दिएको जाहेरी प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिर रहेको भन्दै दर्ता गर्न मानेन ।
रविले आफ्नी श्रीमती निकिता पौडेलको फेसबुकमा लेखेको स्टाटस यस्तो छ,









