एक महिना नपुग्दै प्रधानमन्त्री फेरि सिंगापुर किन ? थाहा पाउनुहोस


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक महिना नपुग्दै फेरि सिंगापुर उडेका छन् । प्रधानमन्त्रीको सिंगापुर भ्रमणलाई अनेक शंका उपशंकाले हेरिएपनि उनि स्वास्थ्य उपचारका लागि दुबै पटक सिंगापुर गएका हुन ।

बिहीबार सिंगापुर उडेका प्रधानमन्त्रीको त्यहाँस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा उनको मृगौलाको उपचार हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ । सिंगापुर जानुअघि उनका स्वास्थ्य अवस्थाबारे निजी चिकित्सकको तर्फबाट पहिलोपटक आधिकारिक जानकारी समेत यसपटक दिइएको छ ।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले प्रेस नोट मार्फत मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गरिने जनाएकी हुन् ।

प्रधानमन्त्री ओली गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । यसपटक पनि सोही अस्पतालमा नेपाली चिकित्सकवका साथै त्यहाँका विज्ञहरुको टोलीले मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको लागि उपचार गर्ने सिंहले जानकारी दिइन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार