कास्की । नेत्रविक्रम चन्द विप्लव समूहका कास्की जिल्ला इन्चार्ज पनि पक्राउ परेका छन् । जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
उनलाई शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । उनिसंगै अर्का एकजना विप्लव कार्यकर्ता पनि पक्राउ परेका तर उनको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । पक्राउ परेकाका बारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।











