काठमाडौं । सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
सोमबार पर्यटन मन्त्रालयमा मन्त्री योगेश भट्टराईले पत्रकार सम्मेलन गरी घोषणा गरेका हुन् ।
यसका साथै मन्त्री भट्टाइले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधि प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताएका छन् । ।










