नाडा अटो सो सुरु हुँदै

काठमाडौँ । आज बाट १४ औं संस्करणका रूपमा नाडा अटो सो सुरु हुँदै छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठाडौंमा हुने सोको अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गर्दैछन् ।

सोमा १ सय ६० वटा स्टल राखिएको आयोजकले जनाएको छ ।
आइतबारसम्म चल्ने मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ । सोमा नयाँ ब्रान्ड मुख्य आकर्षण बन्ने नाडा अटो सो–२०१९ का संयोजक निराकर श्रेष्ठले बताए ।

आयोजकका अनुसार प्रदर्शनीमा चारपांग्रेतर्फ २३, दुईपांग्रेतर्फ १९ वटा ब्रान्डको सहभागिता रहनेछ ।

प्रदर्शनीमा १२ वटा लुब्रिकेन्ट्स, टायरका ९ वटा ब्रान्ड, ब्याट्रीका ५ र ग्यारेज उपकरणसम्बन्धी १४ वटा ब्रान्ड देख्न पाइनेछ । अहिले ९५ ब्रान्ड तथा कम्पनीको सहभागिता रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार