
कंचनपुर । न्यूज २४ मा कार्यरत संचारकर्मी रवि लामिछानेविरुद्ध अर्को मुद्धा दायर गरिएको छ ।
रविविरुद्ध कञ्चनपुरका बरिष्ठ पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता दर्ता गरेका हुन ।
पत्रकार भण्डारीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा संचारमाध्यममार्फत अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका छन ।
पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिलमा निवेदन दिदै हदै सम्मको कार्बाहीको माग गरेका छन ।
“निर्मला प्रकरणमा मैले अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको उपभोग गर्दै कलम चलाइरहेको बेला मैले विभिन्न खालका षड्यन्त्रहरुको सामना पनि गर्नुपरेको छ । विभिन्न समाचार पोर्टलमा आधारहिन तथा तथ्यहिन तरिकाले मेरो मानमर्दन गर्ने र निर्मला प्रकरणलाई दबाउने प्रयत्न भइरहेको पृष्ठभूमिमा सञ्चारको मूलधार रहेको न्यूज–२४ टेलिभिजन, सो टेलिभिजनबाट सञ्चालन हुने ‘सीधा कुरा जनतासँग’ तथा सो कार्यक्रमका चिफ प्रोड्यूसर रवि लामिछानेले पत्रकारिताका आधारभूत सिद्धान्त, मान्यता, विश्वव्यापी रुपमा प्रचलित आचारसंहिता तथा देशभित्रकै आचारसंहिताको नग्न उल्लंघन गर्दै मलाई बदनाम गर्ने तथा निर्मला प्रकरणलाई दवाउन भइरहेका विभिन्न प्रयासलाई सघाउने काममा मतियारको भूमिका गरेका छन्”, पत्रकार भण्डारी दिएको उजुरीमा उल्लेख छ ।
पत्रकार भण्डारीले मुद्धा गरेपछि लामिछानेमाथि अर्को झमेला आइलागेको छ ।
संचारकर्मी लामिछाने ११ दिनको प्रहरी हिरासतपछि अदालतको आदेशमा सोमबार मात्रै रिहा भएका थिए ।
उनका पूर्वसहकर्मी पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनिसहित ३ जनाको नाम मुछिएपछि उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरी मुद्धा चलाएको थियो । आत्महत्या दुरुत्साहनको मुद्धा खेपेरहेका उनि ५ लाख धरौटी बुझाएर छुटेका हुन ।











