चितवन । चितवनमा डेंगु र स्क्रवटाइफसका कारण तीन जनाको मृत्यु भएको छ । डेंगुबाट मृत्यु हुनेमा भरतपुर महानगररपालिका १ गंगोत्रीका ७१ वर्षीय एक पुरुष रहेका छन् । त्यसैगरी स्क्रवटाइफसबाट मृत्यु हुनेमा भरतपुरकै एक किशोरी र रौतहटका ३४ वर्षीय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनले बुधबार पत्रकार सम्मेलन गरी साउनयता डेंगुको सङ्क्रमणका कारण एक वृद्ध र किशोरीको मृत्यु भएकाे र स्क्रवटाइफसका कारण एक युवाको मृत्यु भएको जानकारी दिएको छ ।
चितवनमा साउनयता एक हजार ३५६ जनाको परीक्षणमा ४३३ जनामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।










