
काठमाडौं । बुवाको मुख हेर्ने दिनमा बिशेष महत्वका साथ बुवालाई सम्झिने गरिन्छ । आज यहि मुख हर्ने दिनमा छोराछोरीहरुले आफ्ना बुवालाई सम्झेर भेट्ने, मिठा खानेकुरा, उपहार दिने र लामो आयुको कामना गरिरहेका छन् ।
नेपालवाहेक अन्य देशमा पनि बुवालाई सम्झिने भनेर “फार्दश डे” मनाएको पाइन्छ । बुवालाई सम्झिने, मिठा खानेकुरा खुवाउने, उपहार दिने र दिर्घायुको कामना गर्ने काम एक दिन मात्रै गरेर हुदैन । नेपाली परम्परा अनुसार बुवालाई इश्वरको उपमाका रुपमा पनि लिइन्छ ।
त्यसैले बुवालाई हरेक दिन सम्झिदै हाम्रो जिवनमा उहाँको आर्शिवाद, योगदान, मार्गनिर्देश र प्रेमको कदर गर्नुपर्दछ ।
परम्परा र संस्कारका लागि मात्रै एकदिन बुवालाई सम्झेर पुग्दैन । बिस्तारै नेपाली समाज आधुनिकताका नाममा एक्लीदै गइरहेका छ ।
अहिले नेपालका सयौं बृद्धा आश्रमहरुमा कतिपय बृद्ध आमा बुवाहरु आफ्नो सन्तानको बेवास्ताका कारण दुख र नैरास्यताको जिवन बाँच्न बाध्य छन् ।
आफ्ना आमा बुवालाई बृद्धाश्रममा राखेर आफु विलासी जिवन जिउनेहरु पनि समाजमा धेरै छन् । तर, आमा र बुवाको काख भन्दा श्वर्गिय आन्नद अन्त कतै पाइन्न ।










