
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन्। प्रदेश ३ का सांसद समेत रहेका सा.सद थापाले शुक्रबार ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्।
आफ्नो निर्वाचन क्षेत्र रहेको काठमाडौं कपन र चाबहिलको सडकको ठेक्का अवधि पूरा हुँदा समेत निर्माण कार्य सम्पन्न नभएको भन्दै उनि धर्नामा बसेको बताए ।
काठमाडौं क्षेत्र नं ४ बाट चुनाव जितेका सांसद थापाले धर्नापछि संचारकर्मीलाई प्रतिकृया दिदै भने, “सडकको काम नसकिदै सैलुङ कन्सट्रक्नसलाई फेरी खानेपानीको काम दिइयो, जुन आपत्ती छ।”
सडक निर्माणका लागि चाबहिल सडकमा अवरोध गर्नुपर्ने स्थानीय जनताको माग भएपनि आफूले सडक विभागमा धर्ना दिएर सांकेतिक विरोध सुरु गरेको उनले बताए। सांसद थापाले अबको धर्ना सिंहदरबारमा भौतिक पूर्वाधार मन्त्रीको कार्यकक्षमा गर्ने चेतावनी समेत दिए।











