काठमाडौं । डेंगु रोक्न नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको आलोचना गरेका छन् । डेंगू रोग नियन्त्रणका लागि आवश्यक कार्ययोजना समेत तय गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको आईतबार बसेको बैठमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठ र अञ्जना विशंखेले सरकारको काम प्रति असन्तुष्टि जनाएका हुन् ।
डेंगु देशका धेरै ठाउँमा फैलिएको भए पनि सरकारले नियन्त्रणका लागि साचो नदिएको भन्दै सरकारकोे ध्यान आकर्षण समेत गरेका छन् । रोग लाग्न नदिनका लागि सरकारले तयारी गर्नु पर्नेमा लागिसक्दा पनि नियन्त्रणका लागि काम नगर्नु दुखत भएको बताए ।
उनीहरुले सरकारले विज्ञापनसहितको जनचेतनामूलक कार्यक्रम प्रचार तथा प्रसार गर्न ढिलाई नगर्न पनि ध्यानाकर्षण गराए ।
सरकारले रोग निण्न्त्रणका लागि चासो नदिए डेंगु महामारीका रुपमा फैलिन सक्ने भन्दै समयमै नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् ।
तर, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्रकुमार यादवले सो रोग नियन्त्रणका लागि सरकार गम्भिर भएर लागि परेको दावी गरेका थिए । उनले डेंगू रोग नियन्त्रणका लागि बजेट अभावले समस्या रहेकाे बताए ।










