तीजमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देश : सदाचार बनोस्

काठमाडौं । नेपाली नारीहरूको महान् पर्व तीजको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन्। सन्देश मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले तीज पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सदभाव कायम गर्नुमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । साथै सबै नेपाली महिलालाई सामाजिक वातावरण तयार गर्न र सदाचार जीवनशैली अपनाउन अपिल गरेकी छन् ।

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ्ग’ले तीजको अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदी बहिनीहरुलाई शुभकामना दिएका छन् । उनले महिलालाई आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गरेका छन् ।

उनले तीज मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको बताए । पहिले र अहिले मनाउने तीजमा धेरै फरकपना देखिएकाले मौलिक तरिकाको तीज मनाउन सबैलाई आग्रह समेत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार