मलेशियामा चर्चापछि कैलास नेपाली मिडियामा, जुँगाबाटै विदेशमा नेपालीझण्डा फहराउँछु (भिडियोसहित)

काठमाडौं ।  मलेशियामा कपाल काट्ने ब्यवसाय गर्दै आएका कैलाश नाउ गरेका नेपालीको मलेशियाका मिडियामा चर्चा भएपछि डोटेली अनलाइन टिभीले पहिलो पटक उनको अन्तरवार्ता गरेको छ । उनका जुँगाको बयान गर्दै केहि दिन अघि मलेसियन अँग्रेजी पत्रिका न्यू स्ट्रेट टाइम्सले समाचार छापेको थियो। कैलाश, मलेसियाको राजधानी कोलालाम्पुरको कोताया भन्ने ठाँउमा नेपाल हेयर कटिङ सञ्चालन गर्दै आएका छन।

नेपालको नवलपरासी घर भएका कैलासको सपना भनेकै जुँगामार्फत विदेशमा नेपालको नाम चिनाउने छ । अमेरिका , ब्रिटिस लगायतका देशहरुमा भएको बिश्व जुँगा प्रतियोगितामा भिसाका कारण सहभागी हुन नपाएका उनले आउदो २०१९ मा बेल्जियममा हुने बिश्व जुँगा प्रतियोगितामा सहभागी भएर देशको झण्डा फहराउने बताएका छन ।

उनिसंग गरिएको रोचक कुराकानी यहाँ क्लिक गरेर हेन सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार