काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारकाक्रममा सिंगापुरमै रहेका बेला नेकपाका महासचिव विष्णु पौडेल पनि सिंगापुर उठेका छन् । मंगलबार दिउँसो त्यसतर्फ उठेका उनि प्रधानमन्त्रीसंगै फर्किने बताइएको छ ।
महासचिव पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न सिंगापुर जान लागेको र सँगै फर्किने जानकारी दिए ।
“प्रधानमन्त्री ज्यूको स्वास्थ्य अवस्था बुझ्न म जान लागेको हुँ उनले भने, प्रधानमन्त्री ज्यूसंग मेरो नियमित सम्पर्क भइरहेको छ, अब भेटेरै थप अवस्था बुझ्ने छु ।”
प्रधानमन्त्री ओलीको मृगौलाको छैटौं चरणको प्लाज्मा फेरेसिस प्रक्रियाबाट सोमबार उपचार भएको थियो । भोली अन्तिम चरणको उपचार प्रक्रिया सकिएपछि भदौ उनि भदौं २० गते स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।