काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले महिला हिंसा बढ्नुको प्रमुख कारण मदिरा भएका बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री बादलले भने ‘महिला हिंसाका घटनाहरुमा ७० प्रतिशत हिंसा मदिराकै कारण भएको पाइयो, त्यसकारण अब कसरि हुन्छ मदिरा नियन्त्रण गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका छौं । गृहमन्त्रालयले त्यसलाई नियन्त्रण गर्न गम्भिर रुपले काम गरिरहेको छ ।’
कार्यक्रममा बोल्दै उनले मदिरा नियन्त्रण र महिला हिंसा न्यूनीकरणका लागि युवा जनशक्ती परिचालन गर्नुपर्ने धारणा समेत राखे । युवा परिर्बतनका सम्वाहक भएकाले यसलाई अभियानका रुपमा आन्दोलनकै स्वरुपमा अगाडि बढाउनुपर्ने गृहमन्त्री बादलको भनाई थियो ।
अनेक पीडा, समस्या, कुरिती र हिंसाका कारण अहिले ९५ प्रतिशत नेपालीहरु दुखी रहेको भन्दै जनता खुसी र सुखी रहन समाजवाद ल्याउनै पर्ने उनले बताए ।