प्रधानमन्त्री सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरी आज स्वदेश फर्किदै छन् ।
मिर्गौलासम्बन्धी उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा सफल उपचारपछि स्वदेश फर्किन लागेका हुन ।

उनको उपचार सन्तोषजनक भएको र शुक्रबार स्वदेश फर्किन लागेको उनका प्रेस सल्लाहकार डा। कुन्दन अर्यालले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्किदैछन् ।

उपचारका क्रममा सिंगापुरमा रहँदा प्रधानमन्त्री ओलीले दुई पटक मन्त्रहिरुसंग भिडियो कन्फ्रेन्स पनि गरेका थिए । जसबारे केहि विवाद पनि आएका छन् ।

सिंगापुर पुगेका पौडेल र गौतम पनि आजै फर्किदै
प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न भन्दै सिङ्गापुर पुगेका सत्तारुढ दल नेकपा महासचिव विष्णु पौडेल र उपाध्यक्ष वामदेव गौतम पनि प्रधानमन्त्रीसंगै फर्किदै छन्।

सन्तोषजनक अवस्थामै प्रधानमन्त्रीको उपचार भइरहेका बेला एक्कासी पार्टी महासचिव र उपाध्यक्ष सिंगापुर जानुलाई विभिन्न कोणबाट विश्लेषण गरिदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार