यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत कहिले ? थाहा पाउनुहोस

काठमाडौं । हिन्दू धर्मालम्बीहरुले मनाउने महान चाँड दशैं कुन दिन र कुन साइतमा भन्नेबारे सबैको चासो हुन्छ । यसबर्षको दशैंको टीका र घटस्थापनाको साइत सार्वजनिक भएपछि त्यो साचो मेटिएको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले आइतबार सार्वजनिक गरेको दशैंको साइतअनुसार टीका र घटस्थापनाको साइत बिहान १० बजेर ३५ मिनेट जाँदा उत्तम मानिएको छ ।

यस वर्ष दशैंको टीका असोज २१ गते मंगलबार परेको छ भने असोज १२ गते आइतबार घटस्थापना रहेको पञ्‍चाङ्ग निर्णायक समितिले जनकारी दिएको छ । पञ्‍चाङ्ग निर्णायक समितिका अनुसार टिकाको साइतको समय तोकिएको भएपनि उक्त दिनभरी नै मान्यजनबाट टीका जमरा र आर्शिवाद लिन सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार