
क्यानाडा । “भिजिट नेपाल २०२०” सफल पार्नका लागि अहिले सरकार र अन्य निकायहरु लागिपरेका छन् । नेपालमा कसरि पर्यटक भित्र्याउने भन्दै विभिन्न प्रचारमुखी कार्यक्रमहरु पनि भइरहेका छन् ।
यहि क्रममा विश्वको विकशित मुलुकमा पर्ने क्यानाडामा केहिदिन देखि नेपालमा कसरि पर्यटक बोलाउने भन्नेबारे गज्जबका उपायहरु अपनाइएको छ । क्यानाडाका विभिन्न शहरहरुमा नेपाल पर्यटन बोर्ड क्यानाडा, एभिन्यूजखबर सुदूरपश्चिमप्रदेश ब्यूरो कार्यालय धनगढी, क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंच, गोइङ्ग नेपाल, टिपिएन नेपाल लगायत अन्य विभिन्न नेपाली संघसस्थाहरुले नेपालमा क्यानाडाबाट कसरि पर्यटन लैजान सकिन्छ भन्नेबारे विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नेपालका प्रसिद्ध पर्यटकियस्थलको प्रचार प्रसार गरी तिनै सुन्दर ठाँउहरु घुम्नका लागि क्यानाडेलीहरुलाई निमन्त्रणसमेत उनिहरुले गरिहेका छन् ।

नेपालपर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाईमा क्यानाडाका मुख्य शहरहरुमा गुड्ने नगर बसहरुमा नेपालको सर्वोच्चशिखर सगरमाथा, लुम्विनी, पोखरा, पशुपतिनाथ, लगायत सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीयस्थलहरुको तस्बिर अँकित पोष्टरहरु टाँसिएको क्यानाडामै रहेका एभिन्यूजखबर सुदूरपश्चिमप्रदेश ब्यूरो कार्यालय धनगढीका प्रमुख हिक्मत रावलले जानकारी दिए ।
नेपाल र नेपालका पर्यटकीयस्थलका बारेमा जानकारी पाएर क्यानाडेली नागरिकहरु नेपाल घुम्न जान उत्साहित रहेको आफुले पाएको पत्रकार रावलको भनाई छ ।
उनका अनुसार क्यानाडाका प्रमुख दुई महिनासम्म क्यानाडाको टोरन्टो, मिसासागा, ब्रहामटन लगायतका सहरमा नेपालको प्रर्यटन विकास र नेपालमा क्यानाडेली प्रर्यटक बोलाउन यसरी नै प्रचार प्रसार गरिने छ ।

भिजिट नेपाल २०२० सफल पार्नका लागि क्यानाडाबाट पर्यटकहरु नेपाल आउनेमा आफु आसावादी रहेको नेपालपर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनले बताए। टण्डन नेपाल लगायत सुदूरपश्चिमको प्रर्यटन विकासमा लामो समयदेखि योगदान गर्दै आएका ब्यक्ती हुन ।
भिडियो












