हिम पहिरोमा परि विदेशीसहित ८ जनाको मृत्यु

म्याग्दी । गुर्जा हिमाल आरोहण गर्न गएका विदेशी प्रर्यटकसहित ८ जनाको ज्यान गएको छ । धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल चढ्न लाग्दा हिम पहिरो र आँधीमा परेर पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरुको ज्यान गएको म्याग्दी प्रहरीले जनाएको छ । घटनामा एकजना बेपत्ता छन् ।

प्रहरीका अनुसार गुर्जा हिमाल चढ्नका लागि आरोहण टोली गुर्जा गाउँबाट २१ गते बेसक्याम्पतर्फ लागेको थियो । आरोहीहरु सम्पर्कमा नआएपछि स्थानीयबासीले खोजी गर्नेक्रममा शुक्रबार दिउंसो बेसक्याम्प वरपर टेन्टहरु उडाएको, शवहरु छरिएको अवस्थामा देखेपछि आफुलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी बीरबहादुर बुढामगरले बताए ।

डिएसपी बुढामगरका अनुसार शनिबार बिहानै पोखराबाट गएको हेलिकोप्टर खराब मौसम कारण अवतरण गर्न नसकेर फर्किएको छ । मौसममा सुधार आएपछि मध्याह्न पुनः खोजी कार्य हुनेछ। घटनामा मृतकहरुको सनाखत हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार