
काठमाडौं । आजदेखि काठमाठौंमा बिधुतिय बसहरु संचालनमा आएका छन् । सर्वसाधारणहरुलाई बोक्ने साना सवारी साधानहरुको हैरानीबाट दिक्क यात्रुहरुलाई मध्यनजर गर्दै काठमाडौंमा सुविधायुक्त विद्युतीय बस सञ्चालनमा ल्याइएको हो ।
सोमबार दिउँसो विद्युतीय बस सेवाको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गरेका हुन। बसहरु काठमाडौंको चक्रपथसहितका सबै रुटहरुमा चल्नेछन ।
निजी क्षेत्रको सुन्दर यातायातले पहिलो चरणमा दुई वटा विद्युतीय बसबाट आफ्नो सेवा थालनी गरेको जनाएको छ । सुन्दर यातायातका अनुसार केही दिनभित्रै थप २ वटा बिधुतिय बसहरु काठमाडौंमा आइपुग्नेछन् । यि बसहरु चिनबाट ल्याइएको हो ।
सुविधा सम्पन्न विधुतिय बसमा ‘स्मार्ट यात्रा कार्ड’ लिएर यात्रा गर्ला २० प्रतिशत छुट पाइने ब्यवस्था समेत गरिएको अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

विधुतिय बसहरुले रिंगरोडको रुटमा यात्रुहरुलाई सेवा दिनेछन् । कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको जनाएको छ ।
संचालनमा आएको विधुतिय बसमा ४० सिट क्षमता छ भने केहि यात्रु उभिएर समेत यात्रा गर्न सक्ने अध्यक्ष थापाले बताए ।
यी बसमा नै आधुनिक तवरको स्मार्ट पेमेन्ट सिस्टम जोडिएको छ । स्मार्ट यात्रा कार्डमार्फत भाडा तिर्न सकिनेछ । मोबाइलबाट ‘क्युआर कोड’ स्क्यान गरेर पनि रकम भुक्तानी गर्न सकिनेछ ।
विधुतिय बसभित्र बसमै स्मार्ट डस्टबिन, आगो निभाउने यन्त्र, आकस्मिक अवस्थामा बाहिर निस्कनु पर्दा सिसा फुटाउने ह्याम्बर लगायतका उपकरण पनि छन् । एयर कन्डिसनर सेवा सहितका यी विद्युतीय बस वातावरणमैत्री पनि छन् ।
साझा यातायातले पनि करिब ५० वटा विद्युतीय बस ल्याउने तयारी गरिरहेको छ ।











