काठमाडौं । युवतीमाथी अभ्रद ब्यवहार गरेको आरोपमा पूर्वसभासद नै काठमाडौंमा पक्राउ परेका छन् ।
सोमबार दिउँसो रत्नपार्कबाट ललितपुरको भैंसेपाटी जाँदै गरेको बसमा पूर्वसभासद योगेन्द्र घिसिङले एक युवतीमाथी अभद्र ब्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका घिसिङमाथी कानून अनुसार अभद्र ब्यवहारको मुद्धा दर्ता गरिएको महानगरीय प्रहरी परिसर जावलाखेल, ललितपुरका एसपी दुर्गा सिंहले अनमोल पोस्टलाई जानकारी दिइन । “यौन दुब्र्यवहार गरेको होइन, कुइनाले धकेलिएको भन्ने कुरा आएपछि हामीले अभद्र ब्यवहार भएको भन्दै घिसिङमाथी मुद्धा दर्र्ता गरेका छौं”, एसपी सिंहले बताइन ।
घिसिङले बसमा रहेकी २१ बर्षिय एक युवतीमाथि बसभित्र दुव्र्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।











