काठमाडौंमा डेढ किलो सुन र झण्डै डेढ १ करोड रुपैयाँसहित ७ जना पक्राउ


काठमाडौं। काठमाडौंमा अवैध सुन र नगद रुपंयौसहित ७ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गर्नुका साथै ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीकाअनुसार काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७६८ ग्राम सुन र रुपैयां बरामद गर्नुका साथै ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनिहरु माथि थप अनुसंन्धान गरी कारवाही प्रकृया अघि बढाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार