सुनसरी । पुर्बको सुनसरीमा डेंगु रोगको त्रास नै फैलिएको छ । अहिलेसम्म साढे ३ हजार भन्दाबढी डेंगु संक्रमण भैसकेका छन् । सुरुमा सुनसरीके धरानमा देखिएको डेंगु अहिले देशका ५६ जिल्लाहरुमा फैलिसकेको छ ।
धरानमा एकजनामा देखिएको डेंगु अहिले फैलिए र ३ हजार ७ सय ९९ जना यसबाट संक्रमित भइसकेका छन् । जेठमा देखिएको डेंगु अहिलेसम्म संक्रमित मध्ये ३ हजार ६ सय ३९ जना धरानका मात्रै छन् ।
इटहरी, इनरुवा, गढी बहरा क्षेत्रलगायतमा पनि १६० जना संंक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार धरानमा ठुलै प्रकोपका रुपमा डेंगु देखि सकेको छ ।
जेठदेखि फैलिएको डेंगु नियन्त्रणका लागि धरान उपमहानगरले सर्च एण्ड डिस्ट्रोय अभियान चलाएको थियो । तर अझैसम्म नियन्त्रणमा आउन सकेको छैन ।
हाम्रा भिडियो सामग्री पनि हेर्नुहोस









