डेंगुको महामारी रोक्न संकटकाल घोषणा गर्नुपर्ने सांसदको माग


काठमाडौं । डेंगु रोग प्रकोपकै रुपमा फैलिदैं गइरहेका बेला सरकार यसबारे अनविज्ञ रहेको भन्दै संसदमा केहि दिन यता कुरो उठिरहेको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठमा पनि डेंगुबारे सांसदले कुरा उठाएका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले देशमा डेंगुको महामारी फैलिसकेकाले सरकारले संकटकाल घोषणा गर्नुपर्ने बताए ।

राष्ट्रियसभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले स्वास्थ्य क्षेत्रको संकटकाल घोषणा गरेर डेंगु नियन्त्रणमा लाग्नु पर्ने सुझाव समेत दिए ।
‘७७ जिल्लामध्ये ५६ जिल्लामा डेंगु फैलिसकेको छ सांसद अधिारीले भने, यो राष्ट्रिय महामारी हो कि होइन ? राष्ट्रिय विपत्ति मान्नुपर्छ कि पर्दैन ?’ सरकारले स्वास्थ्यमा संकटकाल घोषणा गर्नु पर्छ कि गर्दैन ?’

सांसद अधिकारीले डेंगुलाई राष्ट्रिय आपतकालिन समस्याका रुपमा लिंदै तत्काल संकटकाल घोषणा गरी यसको नियन्त्रणतर्फ लाग्नु पर्नेमा जोड दिए ।

डेंगुका कारण आम जनतामा दिनप्रति दिन भय र त्रास सिर्जना भएको भन्दै सांसद अधिकारीले यसबारे सरकारको आधिकारिक दृष्टिकोण नआउँदा सर्वसाधारण झनै त्रसित रहेको बताए ।

‘सांसद अधिकारीले डेंगु परीक्षण निशुल्क गर्न पनि सरकारलाई आग्रह गरेका छन् । कतिपय प्रभावित जिल्लाहरुमा डेंगु परिक्षण शुल्क निकै चर्को रुपमा लिइने गरेको तर्फ उनले सरकारको ध्यानार्कषण समेत गरेका छन् ।

‘डेंगु परीक्षणको वास्तविक लागत कति हो सरकारले भन्नुपर्छ । कम्तीमा संक्रामक रुपमा फैलिएको यो रोगको परीक्षणमा लाग्ने खर्च समाजवाद उन्मुख यो सरकारले ब्यहोर्नुपर्ने होइन ?’

मन्त्रीदेखि डाक्टरसम्म डेंगुको संक्रमणमा पर्दा सरकार भने कुहिरोको काग भएको उनले टिप्पणी गरे । डेंगु नियन्त्रणका विषयमा सरकार के गर्दैछ भन्ने विषयमा उनले सरकारको पनि जवाफ मागेका छन् ।

डेंगुको बिषयमा डा. शेर बहादुर पुनसंगको यो महत्वपुर्ण भिडियो हेनुृहोस

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार