खुला सीमा बन्द गरी आवागमनमा कडाई गरिनुपर्छ– सांसद भुसाल


काठमाडौं । सांसद पम्फा भुसालले नेपालको खुला सीमा बन्द गरी आवागमनमा कडाई गर्नुपर्ने बताएकी छन् ।
बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्न नसके पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्नेमा उनले जोड दिइन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद भुसालले भनिन, “नेपालको बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गरिनुपर्छ । नाका निश्चित गरौं, अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ, आफ्नो सामान्य परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाऔं तर खुला बोर्डर बन्द गरौं ।”

हरेक बर्ष नेपालको सीमा स्तम्भ सार्ने काम भारतका किसानले नभइ त्यहाँको सीमा सुरक्षा बल एसएसबीले गर्ने गरेको समेत उनले बताइन । नेपालको सीमा सुरक्षाका लागि राज्यले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने समेत सांसद भुसालले प्रस्ताव गरेकी छन् ।

भारतसंगको खुला सीमाका कारण नेपालमा विभिन्न अपराधिक घटनाक्रम हुँदै आएको भन्दै खुला सीमा बन्द गरिनुपर्ने आवाज उठ्दै आएको भएपनि त्यो हुन सकेको छैन । जसको परिणाम खुल्लम खुला अपराधिक घटना हुनाका साथै सीमा मिचिने काम निरन्तर जारि छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार