‘म सबै राष्ट्रसँग समान सम्बन्ध होस भन्ने चाहन्छु,– प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले सबै राष्ट्रसंग नेपालको समान सम्बन्ध भएको आफुले चाहेको बताएका छन् । इलाममा शनिवार विहान पत्रकारहरुसंग छोटो कुराकानी गर्दै उनले भने, “म सबै राष्ट्रसँग समान र असल सम्बन्ध होस भन्ने पक्षमा छु, कुनै देशको नीतिविरुद्ध र राष्ट्रको अहित हुने कुरा मैले बोलेको भन्नु निराधार हो ।”

केहि दिन अघि नेपाल आएर फर्किएका चिनियां विदेशमन्त्रीसंग अध्यक्ष प्रचण्डले गरेको भेटवार्तालाई लिएर गरिएको भ्रामक प्रचारप्रती संकेत गर्दै उनले प्रतिकृयावादीहरु देशको नयां ब्यवस्था र परिर्वतनका लागि लडेका शक्तीको बदनाम गर्नमा तल्लिन रहेको समेत बताए ।

आफ्नो उद्देश्य अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्ने नभएको भन्दै अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा राखेको विषय वास्तविकताभन्दा भिन्नरुपमा प्रचार गरिएको उनले बताए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार सक्रियरूपमा विकास र जनताका जनचासोका बिषयमा काम गर्न कटिबद्ध रहेको बताए ।
नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको उनको भनाई थियो ।
पार्टीमा गुटउपगुट भएको खण्डमा पार्टी नै ध्वस्त हुनेछ, नेता केन्द्रित र गुट केन्द्रितले आफैँलाई सक्नेछ, जिम्मेवारीका आधारमा पार्टी चल्नुपर्छ, उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार