काठमाडौं । अफगानस्तानमा आत्मघाती हमला हुँदा २४ जनाको मृत्यु भएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी र्यालीमा आत्मघाती हमला भएको हो ।
सेप्टेम्बर २८ मा हुने चुनावमा फेरि राष्ट्रपति बन्न उम्मेदवारी दिएका घानीले चुनावी प्रचार गरिरहेका छन् ।
घानी सहभागी भएको र्यालीमा मंगलबार दिउँसो आत्मघाती हमला भएको बताइएको छ । घटनाबाट घानी भने सकुशल रहेका छन् ।
विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे भने अहिले सम्म पनि जानकारी हुन सकेको छैन् । तर, अतिवादी समूह तालिवानले हमला गरेको हुन सक्ने अनुमान गरिएको छ।











