काठमाडौं । मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।
उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो ।
यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ ।
सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको पनि सार्वजनिक गरिसकेको छ ।
देशका विभिन्न जिल्लाहरुलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको भएपनि कतिपय जिल्ला सदरमुकामहरुमा सार्वजनिक सौचालय नुहँदा खुला दिसा पिसाप भइरहेको देखिन्छ ।













