रोकिएन बलात्कार, फेरि १० बर्षिया बालिकाको बलात्कारपछि हत्या

धनुषा । समाजमा भइरहेका जघन्य बलात्कारका घटना रोकिएका छैनन् । निर्मलाको आत्माले न्याय नपाई तड्पी रहेका बेला धनुषामा एक १० बर्षिय बालिकाको बलात्कारपछि हत्या भएको छ । औरही गाउँपालिका –१ की मुनिषा यादव शुक्रबार साँझ हराएकी थिइन् र आमाबुबाले छोरी हराएको खबर गरेपछि गाँउ नजिकै रामआशिष साहको खेतमा उनको शव भेटिएको धनुषा प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न औरही ५ परवाह मुखिया टोलका ३२ वर्षिय विनोद मुखिया र औरही ३ परवाहका ३० बर्षिय नथुनी पण्डितलाई पक्राउ गरिएको छ । मुखिया र पण्डितले अपराध स्वीकार गरेको र उनिमाथि कानूनी कारवाही सुरु भइसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार