नेपाल एयरलाइन्सद्धारा ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट आजैबाट सुरु


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरेको एक महत्वपुर्ण घोषणा कार्यान्यवनमा आएको छ । ७० बर्ष कटेका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने मन्त्री भट्टराईको घोषणालाई नेपाल एयरलाइन्सले आजैबाट लागु गरेको छ ।

नेपाल वायु सेवा निगमका सहप्रवक्ता सुलेख मिश्रले भने, “नेपाल एयरलाइन्सले आजैबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ, छुट बुधबारबाटै कार्यान्वयनमा आइसकेको छ ।”

यसैबीच निगमले दशैंका लागि पनि आजैदेखि अग्रिम बुकिङसमेत खुलाएको छ । अब निगमको आन्तरिक उडानमा यात्रुहरुले अग्रिम बुकिङ गरी टिकट लिन सक्ने भएका छन् । अधिकतम जहाजको उपयोग गरी दशैंमा यात्रुलाई सेवा दिने उद्देश्य रहेको निगमको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार