कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा आज पनि अवरुद्ध

विराटनगर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक आज पनि अवरुद्ध भएको छ ।
बैठकमा प्रदेशसभामा मनमोहन प्राविधिक विश्वविद्यालय सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक कार्यसूचीमा राखेपछि कांग्रेसले विरोध गरिरहेको छ ।

कांग्रेसको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक लगातार दुई दिन अवरुद्ध भएको छ ।  प्रदेशसभाको बैठक अब असोज ५ गतेका लागि बोलाइएको छ ।

प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक जसरी पनि यही अधिवेशनबाट पारित गर्ने अडान लिएको छ भने कांग्रेसले उक्त विधेयकका केही प्रावधान नसच्याएसम्म पारित गर्न नदिने अडान लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार