
काठमाडौं । सांसद राजेन्द्र महतोले सबै जनताले संविधान दिवस मनाउने वातावरण छत भन्दै संसदमा प्रश्न गरेका छन् । विहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सबै जनताले संविधान दिवस मनाउने अवसर नयां संविधान जारि भएदेखि कहिल्यै नआएको बताए ।
जनताको असन्तुष्टि हुँदाहुँदै संविधान दिवस नमनाउन उनले सरकारलाई आग्रह समेत गरे । सांसद महतोले सर्वमान्य नभएको संविधानलाई संविधान दिवस भनेर मनाउनु गाइजात्रा मनाउनु ठानिने बताए ।
“के भोली सम्पुर्ण नेपालीले संविधान दिवस भनेर दिपावली मनाउँछन त उनले प्रश्न गरे, यो गाइजात्रे दिवस नमनाउनुस् क्या ! आफ्नै सरकार पनि दिवस मनाइरहेको छैन, जनतालाई उर्दि गरेर हुदैन क्या । देशका मधेसी, थारु, आदिवासी जनजाती, दलितले संविधान दिवसलाई काला दिवस भनेर ‘ब्ल्याक आउट’ गरिरहेको छन् ।”
राम्रो संविधान बनाएको छु भनेर आफैले पिठ थपथप्याएर नहुने भन्दै सांसद महतोले एकल जातीय अहंकारबाट देशलाई मुक्ति दिन आग्रह समेत गरे । हिमाल, पहाड, र मधेसमा बस्ने सम्पुर्ण नेपालीको पक्षमा समानरुपले अधिकार सम्पन्न संविधान नभएसम्म संविधान दिवस मनाउन नसकिने उनको भनाई छ ।










