
काठमाडौं । नेपाल राष्ट्र बैंक आफैले ठूलो परिणाममा नोटहरु जलाएर नष्ट गरेको छ । राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना तथा झुत्रा नोट जलाएको हो ।
आर्थिक बर्ष २०७५र०७६ सम्ममा यो नोट जलाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
राष्ट्र बैङ्कका अनुसार सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरिएका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।
हजारका ५ करोड ३२ लाख ३२ हजार ३८ थान, ५ सयको ३ करोड १६ लाख ४ हजार २ सय ४० थान, २५० रुपैयाँको ३१ थान, सय रुपैयाँको चार करोड १४ लाख ६३ हजार ३ सय ७४ थान, ५० को ४ करोड ५० लाख ४४ हजार ४३ थान नोट नष्ट गरेको हो ।
प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा आउन नदिन र त्यसको दुरुपयोग रोक्न त्यस्ता नोटहरुलाई भट्टीमा राखेर जलार्इदै आएको बैकले जनाएको छ ।










