कम्युनिष्टहरुले छलछामको राजनीति गरे– नेता पौडेल

दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले छलछामको राजनीति गरिरहेको बताएका छन् ।
बिहीबार दाङमा संचारकर्मीहरुसग बोल्दै नेता पौडेलले जनतालाई गुमराहमा राख्ने कम्युनिष्ट सरकारले नै गरेको आरोप लगाए ।

नेपालका कम्युनिष्टहरुको सिद्धान्तमै अलमल रहेको भन्दै नेता पौडेलले आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको पौडेलको भनाई थियो ।

“कम्युनिष्टहरु हिँजोसम्म मार्क्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद, प्रचण्डपथ, जनताको जनवाद के-के हुँदै अहिले सी पथमा पुगेका छन् उनले भने , समाजवादउन्मुख राज्य भन्दै हिँडेका छन्, तर नेपालको समाजवाद के हो भन्ने उनिहरुलाई थाहा नै छैन ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार