विप्लवको हतियार भण्डारमा प्रहरीको छापा, के के भेटिए ?


झापा । सरकारद्धारा प्रतिबन्धित विप्लव समुहले लुकाएर बनाइराखेको हतियार भण्डारणमा प्रहरीले खापा हानेको छ ।
विप्लव समुहले झापाको अर्जुनधारा १ मा भण्डारण गरेर राखेको २५ किलो विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीले चलाएको अपरेशनका क्रममा जुटको बोरामा लुकाएर राखिएको ‘हाई एक्सप्लोसिभ’ २ सय ५ लोला बरामद भएको अनारमनीका डीएसपी मोहनकुमार थापाले जानकारी दिए ।

प्रहरीको अनुसंन्धान अनुसार विप्लव समूहका झापा सेक्रेटरी मनिष भन्ने प्रविण मिश्र, इञ्चार्ज सुमनसिंह पौडेल, जनसरकार प्रमुख एवं झापा जिल्ला सदस्य टिका पोखरेल लगायतले ती विष्फोटक पदार्थ भण्डारण गरेर राखेको खुलेको छ ।

उनीहरुलाई प्रहरीले ३० भदौमा पक्राउ गरेर अनुसंन्धान गरिरहँदा उक्त विस्फोटक पर्दाथ पनि बरामद गर्न प्रहरी सफल भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार