बैंकबाट किर्ते गरी करोडौँ रकम निकाल्ने यिनै हुन


धनुषा । धनुषामा बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकाल्ने एक युवक पक्राउ परेका छन् । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय धनुषाको बैंक खाताबाट किर्ते गरी करोडौँ रकम निकाल्ने महोतरी गाउँपालिका वडा नम्बर १ बस्ने ४२ वर्षीय प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट पक्राउ गरिएके प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ठाकुरले परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी बिभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेका थिए ।

ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्यूट लक्ष्मीनियाबाट ६२ लाख ५६ हजार ९सय र जनकपुरको रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालय प्रदेश नम्बर २ बाट १ करोड १५ लाख ४५ हजार गरी जम्मा १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ विभिन्न बैंकबाट कर्ते गरी निकालेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

पक्राउ परेका ठाकुरमाथी प्रहरीले चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार