मन्त्री योगेश भट्टराईले दिए क्यानाडाबाटै यस्तो सुझाव: ‘विरोधको नाममा अराजकतावादको सहारा नलिनुस,


काठमाडौं । क्यानाडामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा नलिन सुझाव दिएका छन् ।

प्रमुख प्रतीपक्षी दल नेपाली कांग्रेसतर्फ संकेत गर्दै मन्त्री भट्टराईले लोकतन्त्रवादी हुँ भन्नेहरुले सरकारको विरोध गर्ने नाममा अराजकतावादको सहारा लिएको आरोप पनि लगाए ।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन, “लोकतन्त्रवादीले अराजकतावादको घोडा चढ्न सुहाउँदैन । यो सिंहमाथि सवार हुनुजस्तै हो । चढ्ने बेलामा जोखिम, चढिसक्दा जोखिम अनि झर्ने बेलामा त झन् जोखिम ।”

भ्रष्टाचार विरोधी अभियानका नाममा सरकार र सत्तापक्षका शिर्ष नेताहरुप्रति भइरहेका बिरोधी गतिविधि कांग्रेसकै सहयोगमा भइरहेको कतिपयको बुझाइ छ ।

भ्रष्टाचारको बिरोधको नाममा पछिल्लो समय देशका प्रधानमन्त्री, सत्तापक्षका शिर्ष नेता लगायत संघिय लोकतान्त्रिक गणतन्त्रमाथि नै अपशव्द प्रयोग गर्दै गालीगलौच भइरहेका छन् ।

जुनसुकै कुरामा पनि सरकारको बिरोध गर्ने र सत्ता पक्ष नेताहरुप्रती जनतामा विभिन्न भ्रमहरु सिर्जना भइरहेको प्रती सरकार र सत्तापक्ष जानकार रहेको नेताहरु बताइरहेका छन् ।

त्यस्ता भ्रमपुर्ण गतिविधि रोक्नका लागि केहि दिनभित्रै सरकार र पार्टीका काम र कुराहरु जनतामाझ लैजाने तयारी भइरहेको नेकपा अध्यक्ष प्रचण्डले बताइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार