२ वर्षभित्रै रेल चढ्दा छक्क नपर्नु – ऊर्जामन्त्री पुन

ओखलढुङ्गा।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई बर्षमै रेल चढ्न पाँउदा छक्क नपर्नु भन्दै देश समृद्धीमा अघि बढिरहेको बताएका छन् । सरकारले रेल र पानी जहाज संचालनका कुरा गरिरहंदा खिल्ली उडाउने हरु छक्क पर्नुपर्ने अवस्था आउनै लागेको बताए।

‘मिसन मालिङ्गे भिजन २१००’ को उद्घाटन गर्न आइतबार ओखलढुङ्गा पुगेका मन्त्री पुनले वर्तमान सरकार समृद्धीको बाटोमा रहेकाले अब जनताले सुख पाउने दाबी समेत गरे।

“प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेहरु नै अब दुई वर्ष भित्रै रेल चड्न पाउने छन्, मन्त्री पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ।”
मन्त्री पुनले अबको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने समेत दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार