दशैको मुखैमा दुवईमा गाडी दुर्घटनामा ६ नेपालीको मृत्यु


काठमाडौँ । दशैको मुखैमा दुवईमा गाडी दुर्घटनामा परी ६ नेपालीको मृत्यु भएको छ । सोमबार बिहान दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँग ठोक्किदा कृष्णबहादुर पुन, रमेश चौधरी, दानबहादुर सत्याल, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउँदको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ।

मृत्यु हुने नेपालीहरुको नाम खुले पनि ठेगाना भने खुल्न नसकेको दुबईस्थित नेपाली दूतावासले जनाएको छ । उनिहरुसंगै एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुने नेपाली सबै सुरक्षागार्डको काम गर्ने गरेको बताइएको छ । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्ने गरेको खुल्न आएको छ ।
उक्त माइक्रो बसमा १३ जना सवार रहेको बताइन्छ । मृतकको शवलाई दुबईस्थित रसिद अस्पतालबाट शव गृहमा सारिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार